Logo

सभामुख सापकोटाद्वारा बर्मन बुढाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण



काठमाडौं, ७ साउन । प्रतिनिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सांसद एवम् पुराना कम्युष्टि नेता बर्मन बुढा मगरको आज विहान निधन भएको खबरले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।

सभामुख सापकोटाले बुढाप्रति हार्दिक श्रद्धाञ्जलीसमेत अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । आजै सभामुख सापकोटाले पशुपती आर्यघाट पुगेर मृतक बरमान बुढा मगरप्रति अन्तिम श्रद्धाञ्जली समेत अर्पण गरेको सभामुखको सचिवालयले जनाएको छ । तस्विर : सभामुख सापकोटाको सचिवालय



प्रतिक्रिया दिनुहोस्