काठमाडौं, ७ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि नै मादक पदार्थ सेवन ९मापसे० चेकिङ पनि गर्ने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए । उनले मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्ने पनि बताए ।
महाशाखाका अनुसार बेर्थलाईजरको प्रयोग नगरी चालकले चलाउने तरिका, बोली र वचन हेर्ने तथा सर्वसाधारणबाट सूचना लिई कारबाही गरिने जनाएको छ । यदि कसैप्रति शंका लागेमा अस्पताल लगेर समेत मापसे गरे नगरेको परीक्षण गरिने जनाइएको छ ।
संक्रमणको जोखिम कायम नै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्न पनि महाशाखाले विशेष आग्रह गरेको छ । file photo