Logo

शुक्रबारसम्म जोखिम छ, धपाउनका लागि धुवाँ र आवाज प्रभावकारी



काठमाडौँ, ८ साउन । वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको आकाश भएर सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंले बताउनुभयो ।
बर्साद्को समयमा सलहहरू ठूला रुखका हाँगामुनि र पातमुनि बस्ने भएकाले केही दिनदेखि हराएजस्तो देखिए पनि मङ्गलबार पुनः देखिएको हुमागाईंले बताउनुभयो ।

स्याङ्जाबाट कृषि ज्ञान केन्द्रका प्रमुखले सहल सक्रिय भएको जानकारी दिनुभएको छ तर तिनीहरू कहाँ गएर बसेका छन् भन्ने बारेमा खोजी जारी रहेको उहाँले बताउनुभयो । चार दिनदेखि निस्क्रिय रहेका सलह एक्कासि देखिएपछि कृषि ज्ञान केन्द्र स्याङ्जाले त्यहाँ वरपरका स्थानीयलाई सजग रहन अनुरोध गरेको छ । कुनै घना जङ्गलमै सलह बसेको हुन सक्ने र वर्षा कम भएसँगै त्यो पुन सक्रिय भएर लाग्ने गर्दछ ।

मङ्गलबार साँझ देखिएको सलहको झुण्ड ८ देखि १० लाखसम्मको भएको अनुमान गरिएको हुमागाईंले जानकारी दिनुभयो । असारमा कञ्चनपुरवाट प्रवेश गरेको सलहको झुण्डसमेत महाकाली नदी पार गरेको र तिनीहरू महाकाली नदी वारपार गरिरहेको हुमागाईंले बताउनुभयो । भारतमा रहेका सलह त्यहाका किसानहरूले लखेटेपछि नेपालमा आउने र नेपालका किसानहरूले लखेटेपछि भारत जाने क्रम निरन्तर चलिरहेका हुमागाईंले भन्नुभयो ।

सलह कडा खालको प्रजाति भएकाले वर्क समयमा ठूला आकारमा रुखका पात, हागाँको मुन्तिर बस्ने र घाम लागेसँगै सक्रिय बन्न थालेको हुमागाईंले बताएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्