Logo

शनिबार रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने



ललितपुर, साउन ८ । साउन १० गते तोकिएकोरातो मत्स्येन्द्रनाथको रथयात्रा निर्धारित समयमै हुने भएको छ । ज्योतिषीले यो दिन रथारोहण उपयुक्त हुने ठहर गरेकाले शनिबार नै रथयात्रा हुने जनाइएको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा निर्धारित समयमा सम्पन्न हुन नसकेका कारण अब यी देवतालाई भक्तपुरमा ल्याइनुपर्छ भन्ने तर्क पनि उठ्न थालेको थियो तर यो आधारहीन भएको संस्कृतिविद्ले बताएका छन् ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गले यो हल्ला मात्र रहेको बताएका छन्। संस्कृतिविद् सत्यमोहन जोशीले पनि पाटनमा जात्रा नहुँदा भक्तपुरमा नाथलाई लगिनुपर्छ भन्ने किंवदन्ती मात्र रहेको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्