Logo

कोरोना संक्रमितको मृत्यु भएपछि सप्तरीमा निषेधाज्ञा जारी



सप्तरी, साउन ८ । कोरोना संक्रमण बढेको भन्दै सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराजमा आज बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४ सय ४ जनामा कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजमा एक जनाको मृत्यु भएकाले सो नगरिपालिकामा अर्को आदेश नहुँदासम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि निषेध गरिएको छ।

निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कडा कारबाही गरिने चेतवानी पनि विज्ञप्तिमा दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्