Logo

सुन तोलाको ५०० ले बढ्यो, यस्तो छ आजको मूल्य



काठमाडौं, साउन ८ ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ रुपैयाँ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय ६० रुपैयाँ तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला १० प्रतिशतले वृद्धि भएर एक हजार एक सय ४५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्