काठमाडौं, ८ साउन । पत्नी हत्यामा दोषी ठहर भई जेल सजाय भोग्दै आएका पूर्व डिआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । उनी आज विहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।
पत्नी गीता ढकालको हत्यापछि उनलाई जिल्ला अदालत र पुनरावेदन अदालतले जन्मकैद फैसला सुनाएकोमा सर्वोच्च अदालतले घटाएर ८ वर्ष ६ महिनामा झारेको थियो । उनले साँढे ११ वर्ष कैद छुट पाएपछि छिट्टै थुनामुक्त हुन पाएका हुन् ।
साँढे ८ वर्ष अघि तत्कालिन सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरी शव मकवानपुरमा लगेर जलाएर जङ्गलमा फालिदिएका थिए । तर, फेरि उक्त क्षेत्रमा जाँदा उनलाई स्थानीयले भेटेका थिए ।
सशस्त्रको आइजीपी बन्ने लाइनमा हुँदा तत्कालिन डिआइजी रञ्जनको करिअर नै समाप्त भएको थियो । उनको पत्नी गीतासँग सम्बन्ध बिग्रिएको थियो ।-File Photo