Logo

अमेरिकाको रहस्यः सोचे भन्दा धेरै पहिलेदेखि मानव बसोबास



एजेन्सी, ८ साउन । अमेरिकामा मानिसहरु बसोवास गरेको भन्दा निकै पहिले देखि त्यहाँ मानिसको बसोवास रहेको जनाइएको छ । अमेरिकामा विगत ३३ हजार वर्षदेखि मानिसहरु बसोवास गर्दै आएको बताइएको छ । तर, त्यस क्षेत्रमा बताइएको भन्दा दोब्बर समय देखि मानिसको बसोवास हुँदै आएको अनुसन्धानको क्रममा खुलेको छ ।

मेक्सिकोको उच्च भागमा रहेको चिक्वीहुइटे नामक गुफाको आधारमा निकै पहिले देखि उक्त क्षेत्रमा मानिसहरुको बसोवास भइरहेको बुझिएको छ । पुरातत्वविद्हरुले त्यस क्षेत्रमा करिब २ हजार ढुङगाहरु फेला पारेका छन् जस्ले सावित गर्दछ कि यो ढुङगाहरु प्राचीन कालदेखि प्रयोग भइरहेको थियो । आइस एज २० औँ शताब्दीको मध्यान्तर तीर उक्त क्षेत्रमा ११ हजार पाँच सय वर्ष पूर्व कोल्भीस समूदायहरु बसोवास गर्न आएका थिए ।

कोल्भीसहरु साइबेरिया देखि अलास्को जोडिएको पुलको माध्यमबाट आएको जनाइएको छ। उनी आइस एजको अन्तयतीर पूर्ण रुपले बसोवास गर्न पुगेका थिए । पुल केही समयपछि आइस पानीमा रुपान्तरण हुँदा डुबेको थियो । केही दिनपश्चात उक्त समूदाय अचानक विस्थापित भएको थियो । उक्त क्षेत्रमा विगतको अनुसन्धान चूनौतीपूर्ण रहेको थियो ।तर, सन् १९८० दशकमा चिलीमा १४ हजार पाँच सय वर्ष अगाडी बसोवास गर्दै आएको विज्ञहरुले पत्ता लगाउन सफल भएको थियो ।

सन् २००० मा कोल्भीस समूदायको मध्ये टेक्ससमा बसोवास गरेको खुलेको थियो । जसमध्ये १५ हजार वर्ष पूर्व निर्माण भएको बटरमिल्क क्रिक कम्पेल्क्सको निर्माण समेत भएको प्रमाण छ । मेक्सिको गुफमा सोचे भन्दा पहिलेदेखि उक्त समूलायले काम गरेको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ । गुफा एक अद्वितीय प्रकारको रहेको विरलै यसतो गुफा देखिने भन्दै अनुसन्धान कर्ताहरुले जनाएका छन् । ढुङगा समेत अनौठो रहेको जनाइएको छ । अनुसन्धानको क्रममा वैज्ञानिकको टोलीले उक्त क्षेत्रमा दश फिट सम्म खनी अनुसन्धान थालेको थियो । त्यसक्रममा अनुसन्धाकर्ताहरुले १९ सय ढुङगा प्राचीन कालमा उपयोग भएको भेट्टिएको थियो । अन्य विभिन्न प्रकारका सामाग्री समेत पत्ता लागेको थियो । उक्त ढुङगाहरु सुर्यको प्रकाश परेको कारण पत्ता लगाउन सफल भएको विज्ञहरुले जनाएका छन् ।

अमेरिकाको अन्य ठाँउमा समेत यस्तो प्रकारको अद्वितीय क्षेत्र हुन सक्ने अनुमान समेत लगाइएको छ । यस्तो गुफाहरु ब्राजीलको अधिकांश क्षेत्रहरुमा पत्ता लागेको समेत उनीहरुले जनाएका छन् । उक्त क्षेत्रको अनुसान्धान महत्वपूर्ण रहेको जनाइएको छ । अनुसन्धान चूनौतीपूर्ण रहेतापनि ढुङगाको अध्ययन अझ गहिराईमा गर्न आवश्यक रहेको ठहर गरिएको छ। यस्ता अद्वितीय ढुङगाहरु अमेरिकाको अधिकांश क्षेत्रमा फैलिएको समेत जनाइएको छ । जस्को उत्खनन गर्न आवश्यक रहेको बताइएको छ । गुफा उपत्यकाको सतह भन्दा एक हजार मिटरमाथि स्थापित रहेको छ ।

२६ हजार वर्ष अगाडी समूद्री सतह निकै तल रहेको थियो । जसकारण मानिसलाई साइबेरिया देखि अमेरिका आउन निकै सजिलो भएको अनुमान गरिएको छ । २६ हजार वर्ष भन्दा पहिले उक्त क्षेत्र मानिसका लागी अप्रिय रहेको थियो । विभिन्न अनुसन्धानले अमेरिकामा बसोवास निकै पौरानिक रहेको बुझिएको छ । यसको थप अनुसन्धानको क्रममा वातावरणको डिएनएको अनुसन्धान समेत गरिने जनाइएको छ । जसलाई गुफाको ढुङगाहरुसंग तुलना गरिने छ । कोल्भीस समूदायको धेरै समान्ता नेटिभ अमेरिकनहरुसंग मिल्न आएको जनाइएको छ । कोल्भीस समूदाय भन्दापनि विगतमा मानिसको उपस्थिती रहेको आँकलन लगाइएको छ । थप अनुसन्धान भने भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot