Logo

काठमाडौं उपत्यकामा ८ जना संक्रमित थपिए



काठमाडौं, ८ साउन । काठमाडौं उपत्यकामा आज ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कुल एक सय ४७ संक्रमित थपिएकामध्ये उपत्यकाभित्र ८ जना थपिएको जानकारी दिएको हो ।

थपिएकामध्ये काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा एकजना छन् । यसअघि उपत्यकामा संक्रमित बढिरहेकोमा पछिल्लो समय संक्रमित वृद्धिदरमा केही कमी आएको छ ।



प्रतिक्रिया दिनुहोस्