Logo

तीन वर्षअघि फरार चोर पक्राउ



भक्तपुर, ८ साउन । चोरी मुद्दाका फरार अभियुक्त एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा फरार अभियुक्त काभ्रेपलाञ्चोक नाग्रेगगर्चे रुपकोट घर भएका राम बहादुर भन्ने कृष्ण बहादुर प्रधान मंगलबार पक्राउ परेका हुन् ।

जिल्ला अदालत भक्तपुरको २०७४ चैत १५ गतेको फैसलाले चोरी मुद्दामा ६ वर्ष ९ महिना २५ दिन कैद र ७४ हजार १ सय ९७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाएको उक्त परिसरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्