Logo

बिग बोसको ढाँचा परिर्वतन हुँदै



एजेन्सी, ८ साउन । बिग बोसको १३ औ सिजनले धेरै लोकप्रियता पाएको थियो । असिम रियाज र सिद्धार्थ शुक्लाको लडाई र भनाभन आजसम्म भुलेका छैनन । यसैबीचमा बिग बोसले १४ औं सिजनको तयारी गरेको छ । दशृकहरु यस कार्यक्रमलाई लिएर निकै उत्साही बनेका छन् । नयाँ कलाकार भाग लिने भन्नेमा सबैजना आतुर छन् । बिगबोसले सबैको खलदुली मेटाउन नयाँ फम्याट लिएर आएको छ ।

कोइमोए डट कमको अनुसार अबको सिजन पुरै नयाँ फरम्याट परिर्वतन भएको छ । यसपटक प्रतियोगितामा आफ्नो परिवारसँग मोवाइलम कुरा गर्न पाउनेछन् । बिद्युतिय उपकरणका प्रयोग गर्न सक्नेछन् ।

सलमानले होस्ट गरेको उक्त कार्यक्रममा प्रतियोगितामा भाग लिन निया शर्मा र विवियन डिसेनालाई आग्रह गरेको बताइएको छ । यी दुवैजना लोकप्रिय टिभी कलाकार हुन् । यसको साथै कुम कुम भाग्यका मिशल रहेजालाई पनि सम्र्पक गरका थिए । बिग बोसले अहिलेसम्म अफिसियल घोषणा गरेको छैन् ।

सलमानले उक्त कार्यक्रममा आफ्नो रकम थप मागेका थिए । तर केआरके ले ट्विट गरे सलमानको ठाउँमा रणवीर सिंहलाई होस्ट बनाउन सल्लाह दिएका थिए । तर अहिले भने यस विषयमा कुनै चर्चा भएको छैन ।



प्रतिक्रिया दिनुहोस्