Logo

नागको पुजा गर्दा हुने फाइदा



हिन्दु धर्ममा सर्पलाई दैवीय जीवको रुपमा पुजा गरिन्छ । प्राचिन कालदेखि नागपञ्चमीको दिन सर्पको पुजा गरिदै आएको छ । पुराणको अनुसार एक पटक काली नागले पुरै यमुना नदीको पानीमा आफ्नो शरीरको विष मिसाइदिएका थिए ।

विष मिसाएपछि सबै पानीमा विष मिश्रित भएको थियो । भगवान कृष्णले बृजवासीका समस्या निवारण गर्न एक चाल चाले । बल फालेर बल खोज्ने बहानामा यमुनामा पसे । डेरा जमाएर बसेका नागलाई पछारीदिए । युद्धमा पराजित भएपछि काली नागले नदीमा छाडेको विष फिर्ता लिए । उक्त दिन साउनको पंचमी तिथी थियो । यसपछि भगवान कृष्णले वरदान दिए जसले पञ्चमी तिथिको दिन सर्प देवतालाई दुध पिलाउँछ उसको जीवनबाट सबै कष्ट दुर हुनेछ । सोही दिनबाट नागपञ्चमीलाई चाडको रुपमा मनाउन थालिएको हो ।

नागपञ्चमीमा पुजा गर्नुको फाइदाहरु

  • यस दिनमा व्रत पुजा गर्दा नाग देवताको आर्शिवाद प्राप्त हुन्छ ।
  • नागदेवताको आशीष वंश बृद्धिको साथमा सुख, सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र स्नेहमयी जीवनको लागि शुभ र फलदायी हुन्छ ।
  • यस दिनमा पुजा गर्नाले पितृ प्रसन्न भई आर्शिवाद दिने गर्छन् ।
  • भगवान भोलेनाथको पनि यसै पुजाबाट कालसर्प दोषको मुक्तिको आशिष दिन्छन् ।


प्रतिक्रिया दिनुहोस्