Logo

रक्षा बन्धन कहिले देखि मनाउन थालियो



भाई बहिनीका अटुट प्रेममा समर्पित रक्षाबन्धन चाड नेपालमा धुमधामसँग मनाइन्छ ।

बली राजा र लक्ष्मीः राजा बली धेरै दानी थिए र उनी भगवान विष्णुको परम भक्त पनि थिए । एक पटक उनले यज्ञको आयोजना गरे । यसक्रममा उनको परिक्षा लिन भगवान विष्णुले वामनवतार लिएर आए र दानमा बली राजासँग ३ पैताला जमिन दिन भने । तर, उनले दूई पैतालामा पुरै पृथ्वी र आकाश नापिदिए । यति बेला बली राजाले आफ्नो परिक्षा भगवानले लिइरहेको सम्झेर भगवानसँग भने मेरा सबैकुरा सकिए मलाई पनि पातलमा लैजानुस् । उनको बिन्ती सुनेर भगवानले पातलमा सँगै लगे ।

विष्णुको पत्नी लक्ष्मीलाई यो कुरा थाहा भयो र दुखी हुँदै गरिब महिलाको रुपमा गएर बली राजाको हातमा राखी बाधिदिइन् । बलीले लक्ष्मीलाई राखीको सट्टामा आफूसँग दिने केही नभएको बताएपछि लक्ष्मीले आफ्ना परिचय दिइन् । लक्ष्मीले बलीलाई साथमा लगिन् । लक्ष्मीको साथमा फिर्ता जाँदै गर्दा विष्णुले बलीलाई वरदान दिए, हरेक ४ वर्ष ४ महिना पातलमा बस्ने । उक्त दिन श्रावण महिनाको पुर्णिमा थियो त्यससमयबाट रक्षाबन्धन मनाउन थालिएको हो ।

द्रौपदी रु कृष्णको रक्षाबन्धनः युधिष्ठिरले इन्द्रप्रस्थमा राजसुयको यज्ञ गर्ने समयमा शिशुपाल पनि गएका थिए । शिशुपालले कृष्णको अपमान गरेपछि कृष्णले सुर्दशन चक्रले उसको हत्या गरे । फर्केर आएको सुर्दशन चक्रले कृष्णको कान्छी औला काटिएर रगत बग्न थाल्यो । कृष्णको हातमा लागेको चोटलाई द्रौपदीले आफुले लगाएको साडीको टुक्रा च्यातेर बाधिदिइन् र रगत रोकियो । जुन दिन द्रौपदीले साडीको टुक्रा च्यातेर कृष्णलाई बाधिदिइन त्यो दिन श्रावण पुर्णिमा थियो ।



प्रतिक्रिया दिनुहोस्