Logo

पूर्व डिआइजी कोइराला फेरि जेल जाने सम्भावना कायमै



काठमाडौं, ८ साउन । श्रीमतीको हत्यामा दोषी ठहरिएपनि सर्वोच्च अदालतको सजाय घटाउने फैसलापछि साँढे आठ वर्ष जेल सजाय काटेर थुनामुक्त भएका पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जानुपर्ने सम्भावना कायमै रहेको छ । सर्वोच्चको फैसला चित्त नबुझेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनको निवेदन दिने निर्णय गरेपछि सरकारी वकिलले निवेदन दिएपछि उनको जेल जानुपर्ने सम्भावना कायमै रहेको हो ।

पुनरावलोकन निवेदनपछि फेसला उल्टन सक्ने सम्भावना रहन्छ । यस अवस्थामा उनी पुनः जेल जानुपर्ने हुनसक्छ । फैसला निकै आलोचित छ । यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले जिल्ला र पुनरावेदनको सर्वस्वसहित जन्मकैदको फैसला उल्टाएर आठ वर्ष छ महिना सजाय कायमको फैसला गरेका थिए । सोही आधारमा आज रञ्जन छुटेका थिए । उनलाई लिन प्रेमिका तारा रेग्मी कारसहित जेल पुगेकी थिइन् । यसले निकै चर्चा पाएको छ ।

सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरी शव मकवानपुरमा लगी जलाएका थिए । सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरी शव मकवानपुरमा लगी जलाएका थिए । उनलाई ८ माघ २०६८ मा पक्राऊ गरिएको थियो । काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०७१ मा सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । फैसला चित्त नबुझेको भन्दै रञ्जनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपनि २३ मंसिर २०७२ मा जिल्लाकै फैसला सदर गरिदियो । तर, सर्वोच्च अदालतले साँढे ११ वर्ष कैद मिनाहा गर्ने फैसला सुनायो ।

रञ्जनमाथि शव नै वेपत्ता बनाउन खोजेको अभियोग समेत लागेको थियो । त्यतिबेला रञ्जन भावी आइजीपीका रुपमा लिइन्थे । पत्नी हत्याले उनलाई जेलमा मात्र पुर्याएन करिअर नै बिगारिदियो ।



प्रतिक्रिया दिनुहोस्