Logo

कांग्रेस महाधिवेशन अन्योलमा



काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ । विधानअनुसार गत फागुनमै हुनुपर्ने महाधिवशेन विशेष कारण देखाई आगामी फागुनसम्मका लागि थपिएको छ ।

 

तर पार्टीभित्रको आन्तरिक विवादका कारण आन्तरिक संरचनामा समायोजनको कामले अझै पूर्णता पाउन सकेको छैन । कोरोना संक्रमणको जोखिम, संघीय संरचनाअनुसारको समायोजन, सदस्यता नवीकरणको काममा पार्टीका शीर्ष नेताहरुबीच धेरै कुरा मिल्न सकेको छैन् ।

 

संघीयताअनुसारका पार्टी संरचना समायोजनका काम पनि कांग्रेसले अगाडि बढाउन सकेको छैन । १३औँ महाधिवेशनदेखि जारी रहेको सदस्यता नवीकरणको विवाद कायमै छ । संगठन समायोजनको समय यही साउन १० गतेसम्मका लागि तोकिएको छ ।

 

तर, पार्टीमा औपचारिक रूपमा अहिलेसम्म २६ जिल्लामा समायोजन गर्नेमा विवाद छ । २ नम्बर प्रदेशका सबै जिल्लामा समायोजनको काम अगाडि बढ्न सकेको छैन् । नेपाली कांग्रेसका नेता राजन केसीले जसरी पनि महाधिवेशन समयमा हुने दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो–‘छिटोमा फागुन र ढिलोमा भदौसम्म महाधिवेशन हुन्छ ।’

आगामी महाधिवेशनमा पनि सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । आफू अनकूलको परिस्थिति तयार नहुँदासम्म सभापति देउवा महाधिवेशन गर्न तयार नहुने रणनीतिमा रहनुभएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्