Logo

नेपालगन्जका कम्प्युटर अपरेटर १६ लाख घुससहित पक्राउ



काठमाडौं, ९ साउन । भेरी अस्पताल, नेपालगन्ज बाँकेका कम्प्युटर अपरेटर अरूणराज खनाल १६ लाख १३ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

विभिन्न फर्म तथा पसलेबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजूरीका आधारमा पक्राउ गरिएका उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्