Logo

मुस्ताङमा दैनिक २२ घण्टा लोडसेडिङ



जोमसोम, ९ साउन । लगातारको अविरल वर्षाका कारण आएको भीषण बाढी÷पहिरो बितण्डाले हिमालपारीको जिल्ला मुस्ताङ अन्धकार बनेको छ । सोमबारदेखि आएको लगातारको बाढीरपहिरोले म्याग्दी र मुस्ताङ खण्डको दर्जनौं स्थानमा गएको बाढी पहिरोले बेनी-जोमसोम सडकको निर्माणधिन सडक ,निर्माणधिन पुल विद्युत र संञ्चार संरचनालगायतमा करोडौंको क्षति पुर्‍याएपछि मुस्ताङ अन्धकार बनेको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङखण्डमा आएको बाढी-पहिरोले मुस्ताङ खण्डमा मात्रै ३ दर्जन बढी विद्युत पोलमा क्षति पुगेको जनाएको छ भने म्याग्दी खण्डमा पनि उक्तिकै पोल ढलेका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले पर्वतको मिलनचोकबाट ल्याइएको केन्द्रीय विद्युत प्रशारण लाइन मुस्ताङ सप्लाइ गर्ने विद्युतीय मार्ग बाढी पहिरोले अवरुद्ध भएको बताए ।

उनका अनुसार म्याग्दीको तातोपानी विद्युत वितरण केन्द्रदेखि यता,म्याग्दी खण्डमा पनि दर्जनौ विद्युत पोल बाढीले बगाएको ,पुरिएको र ढलेका कारण गत सोमबारदेखि मुस्ताङमा विद्युत सेवा ठप्प हुन पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले विधुतका पोलमा पुर्‍याएको संरचना पुनः निर्माण गर्न अप्ठ्यारो परेको उल्लेख गरे । वर्षा ,नदी कटान ,बाढी ÷पहिरो रोकिएको अवस्था छैन ।विद्युत प्राविधिक फिल्डमा पुग्न सक्ने अवस्था पनि छैन, उनले भने, विद्युत र सडक लगायतमा ठूलो क्षति पुगेको छ , हामीले विद्युत नियमित गर्ने विकल्प खोजिरहेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्