Logo

सजाय कटौती गरेका हजारौं घटना भएपनि अहिलेको घटनाले अदालतप्रतिको विश्वास नै घटाईदिएको छः बरिष्ठ अधिवक्ता भट्टराई



काठमाडौं, साउन ९ । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले रन्जन कोइरालालाई कैद छुट गर्ने फैसलाले अदालतप्रतिको विश्वासमा ह्रास आउनु चिन्ताजनक विषय भएको बताएका छन्।

अदालतप्रतिको विश्वास नै अदालतको सवैभन्दा ठूलो सम्पत्ति भएकाले अदालतप्रतिको विश्वासमा ह्रास आउदा दिर्घकालिन असर पर्ने उनले चिन्ता व्यक्त गरे ।

न्यायधिशले अपराधको प्रकृति हेरेरसजाय कटौती गर्न सक्ने कानुनी व्यवस्था भएपनि अहिलेको निर्णयले आम नागरिकमा अदालतप्रति नकारात्मक भावना बढेको उनको भनाई छ ।

पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले भने, ‘यसरी सजाय कटौती गरेका घटना हजारौँ छन्, तर अहिलेको घटनाले अदालतप्रतिको विश्वासलाई नै घटाईदिएको छ, यो सवैभन्दा चिन्ताको विषय हो ।’

न्यायाधिशको स्वविवेकीय अधिकारको दुरुपयोग भयो भन्ने आम नागरिकको आशंका बारे अदालत सचेत हुनु पर्ने र नागरिकले पनि खबरदारी गर्नु पर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्