Logo

के अमेरिकामा वैज्ञानिकको भेषमा चिनियाँ सैनिक लुकेर बसेका हुन् ?



एजेन्सी, ९ साउन । अमेरिका र चीनबीच तनाव बढ्दै गएको छ । ह्युस्टनस्थित रहेको महावाणिज्यदुतावासमा अवैध तरिकाले चिनियाँ वैज्ञानिकहरु लुकेर बसेको आरोप अमेरिकी सुरक्षा निकाय एफबिआईले दाबी गरेको छ ।

अमेरिकाले चारजना चिनियाँ वैज्ञानिकलाई पक्राउ गरेको छ । उनीहरु चिनियाँ सशस्त्र फौजमा आवद्ध रहेको भन्दै चिनियाँ महावाणिज्यदुतावासमा बसेको अमेरिकी आरोप छ । उनीहरु वैज्ञानिक भएको र रिसर्चमा संलग्न रहेको खुलेको छ । ढाँटेर भीसा लिएका भनिएकामा वाङ सीन, सङ चेन, जाओ काइकाई र ताङ जुआन रहेको सीएनएनले जनाएको छ ।

अमेरिका छिर्न चिनियाँ वैज्ञानिक ताङ जुआनले चिनियाँ सैनिकसँग कुनै सम्बन्ध नरहेको र आफू एक वैज्ञानिकको हैसियतले अमेरिका प्रवेश गर्न खोजेको भन्दै भिसा स्विकृत गराएकी थिइन् । जुन २६ मा उनलाई भिसा ढाँटेको अभियोग दर्ता गराइएको थियो । उनले भिसा आवेदनमा आफ्नो चिनियाँ आर्मीसित सम्बन्धलाई लुकाएकी थिइन् । तर, अनुसन्धानको क्रममा उनी चिनियाँ आर्मीको पोशाकमा रहेको तस्बीर फेला पारिएको थियो । उनी आर्मी मेडिकल कलेजकी रिर्सचरका रुपमा रहेको पत्ता लागेको थियो । उनी बस्ने घर र प्रयोग गर्ने प्रविधिक सामाग्रीमा समेत उनको चिनियाँ आर्मीसित सम्बन्ध रहेको एफबिआईका एजेन्टले जनाएका छन् ।

चिनियाँ आर्मी सित संलग्न रहेको र अमेरिका प्रवेशगरी चिनियाँ महावाणिज्य दूतावासमा लुकेर बसेको अन्य चिनियाँ वैज्ञानिकहरुमाथि समेत मुद्दा दर्ता भएको जनाइएको छ । उनीहरु अमेरिकाको गोप्य खबरहरु चोरेको एफबिआईको भनाइ छ । सन् २०२० जुन ७ मा चिनियाँ अधिकारीमाथि लगाइएको भिजा फ्राँड चार्जको फाइललाई नष्ट गर्न समेत उनीहरुलाई अर्डर दिइएको जनाइएको छ । त्यसकारण उनीहरुमाथि अमेरिकाको नजर पहिलेदेखि नजर राखिएको जनाइएको थियो । अधिकारीलाई लस एन्जलीसस्थित रहेको एयरपोर्टबाट भिजा फ्राँडको केसमा गिरफ्तार गरिएको थियो । यसप्रति चीनले आपत्ती व्यक्त गरेको थियो ।

दुवै देशबीचको राजनिति मुद्दाका कारण उनलााई जखरजस्ती आरोपित ठहर गरिएको चीनेको विदेश मन्त्रालयले जनाएको थियो । दुई जना चिनियाँ नागरिले कम्प्युटर ह्याकिङ गतिविधिलाई अमेरिकामा निरन्तरता दिएको र उनीहरु चीनसरकारको इसारामा काम गरिरहेको आरोप लगाई बुधबार ह्ुस्टनस्थित रहेको चिनियाँ महावाणिज्यदूतावासलाई बन्द गर्न आदेश दिइएको थियो । चीनले विगतदेखि अमेरिकाको सम्पूर्ण संवेदरशील निकायमाथि निगरानी राखिरहेको र निरन्तर गोप्य खबरहरु चीन पुर्याइरहेको अमेरिकी निकायको आरोप छ ।

महावाणिज्यदुत बन्द गरिको विषयप्रति चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने,‘यो अमेरिकाले एकपक्षीय रुपमा संचलन गरेको राजनितिक भडकाउपूर्ण कार्य हो, र यसले अन्र्राष्ट्रिय कानुनको समेत गम्चीर सलंघन ष्र्दछ । साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौतापनि सलंघन हो ।’ उनले अमेरिकाबाट भएको यो लज्जास्पद एवं अन्यायपूर्ण कदमको आमी कडा शब्दमा निन्दा गर्दछौँ भन्दै यस कदमले चीन अमेरिका सम्बन्धलाई ध्वस्त पार्नेछ ।



प्रतिक्रिया दिनुहोस्