Logo

‘चिनी कम रङ्ग कडा’ अमेजन प्राइम भिडियो मार्फत सार्वजनिक



काठमाडौं, साउन ९ । नेपाली चलचित्र ‘चिनी कम रङ्ग कडा’ अमेजन प्राइम भिडियो मार्फत रिलिज भएको छ ।
हाल अमेरिका र बेलायतमा मात्र हेर्न मिल्ने गरी चलचित्र रिलिज गरिएको हो । गीत र टिजर सार्वजनिक भइसकेको चलचित्र नेपालमा भने केही समयपछि प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जङ्ग थापा, सूर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय रहेको छ । गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको चलचित्र मानव सुवेदीको सङ्गीत छ भने सुशील सुबेदीको शब्द रहेको छ ।

नेपालको पहिलो नेशनल एक्टिङ कम्पिटिशनकी वीनर अनु थापाले यसमा सिन्धुपाल्चोकबाट काठमाडौ आएर चिया बेच्ने युवतिको भुमिका निर्वाह गरेकी छिन् ।

“चिनी कम रङ्ग कडा”मा याचोपो रचलिक र लुका मौचेरीको छायाङ्कन , कृष्ण भण्डारीको सम्पादन रहेको छ ।गणेशदेब पाण्डेको लेखन र निर्माण रहेको यो फिल्म अहिले अमेजन प्राइम भिडियो मार्फत अमेरिका र बेलायतमा प्रदर्शन सुरु भएको छ ।

फिल्म ‘चिनी कम रंग कडा’ले दर्शकको मन जित्छ, केही समयपछि नेपालमा नेपाली दर्शकले पनि हेर्न पाउने निर्देशक विवेक घिमिरेको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्