Logo

लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल



सङ्खुवासभा, ९ साउन: करदाता सेवा कार्यालय खाँदबारी आर्थिक वर्ष २०७५÷७६ को तुलनामा यस आर्थिक वर्ष २०७६-७७ मा ६८.६४ प्रतिशत बढी आन्तरिक राजश्व कर उठाउन सफल भएको छ ।

गत आर्थिक वर्षमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, ब्याज कर, बहालकर, पूँजीगत लाभकरलगायतका शीर्षकबाट रु २४ करोड ७४ लाख राजश्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ती शीर्षकमा कूल १४ करोड ६७ लाख राजश्व सङ्कलन भएको थियो ।

करदाता सेवा कार्यालय खाँदबारीमा हाल व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता सङ्ख्या पाँच हजार ७६६, व्यावसायिक लेखा नम्बर लिने करदाता चार हजार ६६८ रहेको र ७४९ जना सेवाग्राहीले व्यावसायिक स्थायी लेखा नम्बर लिएको कर अधिकृत राजन विकले जानकारी दिए ।

लामो समयदेखि मुलुक कोभिड–१९ का कारण लकडाउन भएसँगै राजश्व उठाउनसमेत सरकारलाई हम्मेहम्मे परिरहेको बेला करदाता सेवा कार्यालय सङ्खुवासभाले भने यस आवमा बढी राजश्व उठाउन सफल भएको हो ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्