Logo

सुशान्तको निधनपछि कुकुरलाई खेलाउँदै पिता



एजेन्सी, ९ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधन पश्चात पूरै परिवार दुखी भएका छन् । उनको निधन भएको एक महिना भन्दा धेरै भयो ।

 

उनको निधनको विषयमा अनुसन्धान गर्न सिबीआईले गर्नुपर्ने जोडदार माग भएपनि अहिलेसम्म प्रहरीले नै गरीरहेको छ । दैनिक उनका तस्वीर र भिडियोले सामाजिक सञ्जाल भरिएका हुन्छन् । यसैक्रममा उनको कुकुर फज सुशान्तको फोटोको नजिकै रोएको एक तस्वीर बाहिर आएको छ ।

 

फज रोएको तस्वीर सुशान्तकी बहिनी स्वेता सिंह किर्तीले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जहाँ सुशान्तको प्यारो कुकुर फजलाई पिता केके सिंहले खेलाएका छन् । उनको निधनपछि सुशान्तको परिवारले कुकुर फजलाई पटना पनि ल्याएका थिए । हाल पिताले फजको हेरचाह गर्दै आएका छन् ।

 

आज सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ रिलीज हुँदैछ । सुशान्त सिंह र नायिका सन्जना संघीको लीड रोल रहेको यस फिल्मको आजसम्म ३ गीत र ट्रेलर रिलिज भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्