Logo

कोरोना संक्रमित किशोरीमाथि एउटा किशोर बलात्कार गर्ने अर्कोले भिडियो बनाउने गरेपछि…



एजेन्सी, ९ साउन । भारतमा कोरोना भाइरसको संक्रमित भई उपचाररत १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । दिल्लीको छतरपुरस्थित कोभिड केयर सेन्टरमा उपचार गराइरहेकी ती किशोरीमाथिको बलात्कारको उजुरी १९ जुलाईमा भएको जनाइएको छ ।

घटनाका अभियुक्त १९ वर्षीय किशोर भएको खुलेको छ । ती युवक पनि कोभिड-१९ भएपछि उपचाररत थिए । ती किशोरका २० वर्षीय साथीले पनि बलात्कारमा सघाएको दिल्ली प्रहरीको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पीडित किशोरीले १९ वर्षीय किशोरले बलात्कार गरेको र २० वर्षीय पुरुषले बलात्कार घटनालाई क्यामरामा खिचेको बयान दिएकी छिन् ।
युवकहरु र किशोरीबीच कोभिड १९ उपचार केन्द्रमा चिनजान भएको बताइएको छ । १५ जुलाईमा शौचालय नजिकै बलात्कार भएको थियो । छतरपुरस्थित केयर सेन्टर भारतको सबैभन्दा ठुलो कोभिड १९ को विरामीलाई उपचार गर्न बनाइएको केन्द्र हो । त्यहाँ १० हजार दुई सय शैयाको सुविधा छ । –Photo Source: HT



प्रतिक्रिया दिनुहोस्