Logo

नागपञ्चमीमा भुलेर पनि गर्न नहुने यी काम



साउन महिनाको शुक्ल पंचमीलाई नागपञ्चमीको रुपमा मनाइन्छ । पञ्चमी तिथिमा नाग देवताहरुको पुजा सबैभन्दा महत्वपुर्ण मानिन्छ । भगवान शिवलाई नागको देवता मानिने भएकोले नागपंचमीको दिन जिवित सर्पलाई नभई नागदेवताको प्रतिमाको पुजा गर्नुपर्छ ।

नाग पञ्चमीको दिन भगवान शिवको साथमा नागदेवको पनि आराधना गर्दा विशेष फल प्राप्त हुनेछ । तर नागदेवको प्रतिमाको पुजा मन्दिर वा घरमा गर्नुपर्छ । यसको साथै जिवित सर्पलाई दुध पिलाएर प्रतिमामा दुध अर्पित गर्नु शुभ मानिन्छ ।

नागपंचमीको महत्वः नाग पञ्चमीमा सर्पलाई अर्पेको हरेक चिज नाग देवता समक्ष पुग्ने बताइन्छ । हिन्दु धर्ममा नागलाई पुजनिय मानिन्छ । नाग शिवको गलाको हार र विष्णुको शैया हो । नागको पुजा गर्दा शिव र विष्णु दुवैजना खुशी हुन्छन् । यसदिन १२ नागको पुजा गरीन्छ । अनन्त, वासुकी, शेष, पद्य, कम्बल, कर्कोटक, अश्रतर, धृतराष्ट्र, शङ्खपाल, कालिया, तक्षक र पिङ्गलको पुजा हुन्छ ।

  • नागदेवताको पुजा गर्दा ध्यान दिनुपर्ने विषय
    नाग पुजामा बेसारको बन्दोबस्त गर्नुपर्छ ।
  • धुप, बत्ती र पुजाका सामाग्री अर्पित गरेपछि नागदेवतालाई मिठाईको भोग लगाउनु पर्छ ।

कालसर्पको दोषबाट मुक्तिः यो वर्ष नाग पञ्चमी पर्व उत्तरा फाल्गुनी र हस्त नक्षत्रको प्रथम चरणको दुर्लभ योग परेको छ । यस योगमा कालसर्प दोषबाट मुक्त पाउनको लागि विधिवत पुजा गर्नेपर्ने शास्त्रमा बताइएको छ ।

नागपञ्चमीमा खनजोत गर्न नहुने विश्वास

  • यस दिनमा जमीन खन्नु हुँदैन । जमीन खन्नुलाई अशुभ मानिएको छ ।
  • नागपंचमीको दिनमा धर्तीमा हलो जोत्नु हुँदैन ।
  • यस दिनमा सियोमा धागो पनि हाल्न हुँदैन ।
  • यसदिन आगोमा तावा र फलाम चढाउनु हुँदैन चढाएमा अशुभ मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्