काठमाडौँ, ९ साउन: हिमालय एयरलाइन्सले चीनको कुनमिङमा चार्टर्ड उडान गर्नेभएको छ ।
विदेशमा अलपत्र नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने शिलशिलामा कुनमिङमा यही जुलाई ३१ तारिखमा उडान हुने सो कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
काठमाडौँ–कुनमिङ गन्तव्य उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेको कम्पनीले जनाएको छ । यो गन्तव्यबाट नेपालीलाई स्वदेश फर्काउन हिमालयले उडान गर्न लागेको हो । अन्य गन्तव्यको उडानबारे पुनः सार्वजनिक सूचना जारी गरिने जनाइएको छ । सरकारले भदौँ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरिसकेको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि पछिल्लो पटक जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान भएको थियो ।रासस/File Photo