Logo

रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा पक्राउ



काठमाडौं, ९ साउन । रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । काठमाडौं त्रिपुरेश्वरस्थित सडकबाट विभिन्न प्रकारका रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काठमाडौ तारकेश्वर बस्नेहरु खोटाङ जन्तेढुंगा गाउँपालिकाका अर्जुन अधिकारी र नुवाकोट लिखु गाउँपालिकाका राजेन्द्र विश्वकर्मा रहेका छ्न् । सार्वजनिक सडकमा उक्त ढुंगाहरु देखाई सर्वसाधरणलाई ठगी गर्ने उद्देश्यले विक्री वितरणका लागि हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्