Logo

प्रहरीमा जागिर लगाईदिन्छु भनि ठगी गर्ने पक्राउ



काठमाडौं, ९ साउन । प्रहरीमा जागिर लगाईदिन्छु भनि ठगी गर्ने अनिल वली पक्राउ परेका छन् । काठमाडौं टोखा बस्ने पश्चिम रुकुम बाफिकोट घर भएको अनिल वलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रहरीमा जागिर लगाई दिन्छु भनि पटकरपटक गरी ३ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार रहेकोमा काठमाडौं कीर्तिपुर भत्केपाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, कीर्तिपुर नगरपालिकाको नक्कली राजश्व संकलन पत्र र कबाडी संकलन विवरण जनगणना २०७७ लेखिएको कागज, प्रतिबन्धित नेकपा विप्लव समूहको आर्थिक सहयोग गरिदिने पत्रहरू, सोही समूहको सदस्यता रसिद, सोही समूहको कार्यक्रममा लगाउने अतिथि ब्याचहरु, वैज्ञानिक समाजवाद विप्लव लेखेको किताब लगाएतका कागजातहरु समेत बरामद भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्