Logo

छ जिल्ला कोरोना मुक्त (सुचीसहित)



काठमाडौँ, ९ साउन : देशभरमा आज थप १३३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा तीन हजार ९८६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार ३७४ पुगेको छ ।

हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ५७१ छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८० हजार ३७९ छन् । आज मात्रै ७४ जनाले इन्ट्री गरेकामा एक जना रेड जोनमा नपरेको मन्त्रालयले जनाएको छ । हालसम्मा छ वटा जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको छ । हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३८३ जना पुगेको छ । प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १४६, प्रदेश नं २ मा एक हजार ९०१, वाग्मती प्रदेशमा ४३९, गण्डकी प्रदेशमा ३३१, प्रदेश नं ५ मा ३५४, कर्णाली प्रदेशमा ३१५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ८९७ रहेको छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १०७ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ९४७ पुगेको छ । डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १९ हजार ४४४ जना रहेको छ ।-रासस/File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot