Logo

रथारोहण निश्चित, रथयात्रा अनिश्चित



ललितपुर, १० साउन । पटक पटकको स्थगितपछि अन्ततः ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार हुने निश्चित भएको छ, तर रथयात्रा भने अझै टुंगो लागेको छैन ।

 

‘दैवज्ञ कीर्तिमदन जोशीले दिनुभएको शुभ साईत १२ बजेर ५ मिनेट जाँदादेखि १२ बजेर १५ मिनेटसम्ममा रातो मच्छिन्द्रनाथको रथारोहण हुनेछ ।’ सरोकारवालाहरुको भेलाको नीष्कर्ष सुनाउँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभयो । असार १० गते रथारोहण गर्ने आफ्नो अघिल्लो दिनको पूर्ववत निर्णयलाई गुठी संस्थानले श्रावण ७ गते बुधबार फेरी स्थगित गरेपछि रथारोहण पुनः अनिश्चित बनेको थियो । यस अघि पनि असार २४ गते तय गरिएको रथारोहण पनि संस्थान स्वयंले अन्तिम समयमा आएर स्थगित गरेको थियो भने बैशाख १२ गते रथारोहणको तिथि लकडाउनको कारण देखाउँदै स्थगित गरिएको थियो । संस्थानले पटक पटक मिति तय गर्ने र अन्तिम आएर स्थगित गर्ने कार्यप्रति सरोकारवालाहरुले असन्तुष्टि जनाउँदै आएको छ ।

 

यस अवस्थामा ३२ पानेजु संघसहित ज्योतिषी, गुठीयार अन्य सरोकारवालाहरुले श्रावण १० गतेको साईतको दिनमा रथारोहण गर्न नसके यस वर्ष रथारोहण टर्ने सम्भावना रहेको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र महानगरपालिकाका मेयर महर्जन समक्ष विहीबार ध्यानाकर्षण गराएका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्