Logo

१० हजार मानिसँग यौन सम्बन्ध राखेकी महीला



एजेन्सी । एक महिलाले आफूले १० हजार मानिससँग यौन सम्बन्ध राखेको खुलाएकी छन् । पेशाले पाइलट समेत रहेकी ४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले १० हजार मानिससँग यौन सम्बन्ध राखेको खुलासा गरेकी छन् । मन्टेनग्रोले ‘द सेक्रेट ट्याबु’ नामक किताबमा सो कुराको खुलासा गरेकी हुन् । यो पुस्तकमा उनले कसरी एक सफल यौनकर्मी बन्न सकिन्छ भनेर समेत खुलाएकी छन् ।

 

पाइलट हुनुभन्दा अघि यौनकर्मी रहेकी उनी पुन यौन पेशातीरै लागीन् । आफूमाथि सामूहिक बलात्कार भएपछि यौन पेसामा लागेको उनले बताएकी छन् । यौनपेसा छाडेर व्यावसायिक पाइलट बनेकी उनी गम्भीर बिरामी भएपछि उपचारका खर्च जुटाउन पुनः यौनपेसामै लागेको बताएकी छन् ।

 

यस पेशामा जवान महिला मात्रै टिक्न सक्ने कताएकी उनले हाल भने परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । मन्टेनग्रोले समग्रत यस पुस्तकमा आफू यौन पेसामा रहँदाको अनुभवलाई समेटेकी खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्