Logo

नाग पञ्चमी मनाइँदै



काठमाडौं, १० साउन । आज साउन शुक्ल पञ्चमी । नागको पुजा गर्ने दिन । हिन्दु धर्मालम्बीहरुले नागको पुजा अर्चना गरी मनाइरहेका छन् ।

देशभरका विभिन्न नाग मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ । नागपञ्चमीमा प्राचिन समयदेखि नागको पुजा गरीदै आएको छ ।
नागको प्रतिमाको तस्वीरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर पूजा गर्ने, नागलाई दूध, दुबो, जल चढाएर धुप बाल्ने परम्परा चलिआएको छ । आजको दिन नागलाई दुध चढाउँदा कष्ट हरण भई मनले आटेको पुरा हुने विश्वास रहेको छ ।

नाग पञ्चमीमा सर्पलाई अर्पेको हरेक चिज नाग देवताको मा पुग्ने विश्वास गरिन्छ । हिन्दु धर्म अनुसार नागलाई पुजनिय मानिन्छन् । नाग शिवको गलाको हार र विष्णुको शयन हो । नागको पुजा गर्दा शिव र विष्णु दुवैजना प्रसन्न हुन्छन् । १२ नागको पुजा गरिन्छ । अनन्त, वासुकी, शेष, पद्य, कम्बल, कर्कोटक, अश्रतर, धृतराष्ट्र, शङ्खपाल, कालिया, तक्षक र पिङ्गलको पुजा हुन्छ ।

उपत्यकामा नक्सालको नागपोखरीमा विशेष पुजा गरिन्छ भने उपत्यकाका घोडेनाग, ठमेलको हरिनाग, सुन्धारा छेउको मीननाग, टौदह, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, र चाँगुनारायणको कल्पेश्वर नाग मन्दिरमा विशेष पूजाअर्चना हुने गर्छ ।



प्रतिक्रिया दिनुहोस्