Logo

युवाहरुद्धारा वडाध्यक्षमाथी कुटपिट



मलंगवा , १० साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. ३ धनकौलका वडाध्यक्ष धर्मराज सिंहलाई केही युवाको समूहले कुटपिट गरेको छ । गाउँ घुमेर घर फकिँदै गरेको अवस्थामा बिहीबार राति केही स्थानीय व्यक्तिले उनलाई कुटपिट गरेका हुन् । कुटपिटबाट वडाध्यक्ष सिंहको हात, कोखा र पिठ्युमा चोट लागेको छ । कुटपिटबाट गम्भीर घाइते भएका सिंहलाई राति नै सर्लाही अस्पताल मलंगवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

कुटपिट गरेको आरोपमा प्रहरीले हरिपूर्वा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । तर कुटपिटमा को को संलग्न भएको भन्ने यकिन भइसकेको छैन ।

अनुसन्धानका लागि प्रशासकीय अधिकृत रायलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । अरुको खोजी कार्य भइरहेको बताइएको छ । वडाध्यक्षमाथि किन आक्रमण गरिएको हो खुल्न सकेको छैन । प्रशासकीय अधिकृत पनि सोही गाउँका भएकाले उनीसँग सोधपुछ गरिएको छ । घटनामा संलग्न भएकाहरुमथि जाहेरी दिने तयारी भइरहेको नेकपाका नेता नागेश्वर साहले जानकारी दिएका छन् । सिंह नेकपाबाट चुनाव जितेका खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्