Logo

आज र भोलि नदीबाट खतरा कम, पर्सिबाट बहाब बढ्ने



काठमाडौं, १० साउन । आज र भोलि प्रमुख नदीमा बहाव सतर्कता तल नै हुने भएको छ । नेपाल बाढी सूचनाका अनुसार देशभरका प्रमुख नदीहरुमा बहाब सतर्कता कम हुनेछ ।

श्रावण १३ देखि १५ गतेसम्म नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, बबई, तिनाउका सहायक नदीमा जल सतह बढ्ने र केहीमा सतर्कता पुग्ने सक्नेछ । साना नदीमा आकस्मिक बहाव हुनसक्नेछ ।

अबको दुई दिन कुनै पनि नदीबाट अति जोखिम छैन । बाढी सुचना केन्द्रका अनुसार सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र आसपाई भई बग्ने नदीमा आकस्मिक बहावको पूर्वानुमान छ ।

१२ साउनबाट भने देशका सबै नदीहरुमा बहाव बढ्ने र १३ देखि १५ बीच नदीहरुमा बहाव बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस्