Logo

अमेरिकी विदेशमन्त्रीलाई डब्लूएचओका प्रमुख टेड्रसको कडा जवाफ



एजेन्सी, १० साउन । कोरोना भाइरसको उत्पत्ति भएसँगै डब्लूएचओका प्रमुख टेड्रस अडानोम गेब्रियससलाई अमेरिकाले निरन्तर चीनको इसारामा काम र गतिविधि बढाइरहेको आरोप लगाइरहेको थियो । अमेरिकाले उनलाई चीनले किनेको ओरोप समेत लगाएको छ । यसैक्रममा डब्लूएचओका प्रमुखले अमेरिकाले भन्दै आएको विषयलाई अस्वीकार्य गर्दै महामारी फैलिएको विषयमा ध्यान केन्द्रित गर्न जोड दिएका छन् ।

डब्लूएचओका प्रमुखको बारेमा अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले मंगलबार लन्डन ब्रितिश सांसदहरुसंगको निजी भेटमा आरोप लगाएका हुन् । टेड्रसलाई डब्लूएचआका प्रमुखमा नियुक्त गर्न सम्झौता भएको आरोप समेत लगाइएको छ । विदेशमन्त्रीले प्रमुख नियुक्त गर्न चीनको समेत डूलो हात रहेको बताएका थिए ।

चीनलगायत प्रत्येक देशहरुले अन्तर्राष्ट्रिय कानूनको पालना गर्नृपर्ने आवश्यकता औँल्याए । संवेदनशील संस्थानहरु निशपक्ष हुनुपर्नेमा जोड दिएका छन् । यस विषयलाई प्रमुख टेड्रसले खण्डन गर्दै भने, ‘बिना कुनै आधारको अमेरिकी विदेशमन्त्रीले गरेको टिका टिप्पणीहरु असत्य र अस्वीकार्य छन् ।’ यस्ता महामारीका बेला हाम्रो सम्पूर्ण ध्यान मानिसको बचावमा केन्द्रिट रहेको समेत उनले बताए ।

डब्लूएचओको अहिले मानिसको जीवनको रक्षा गर्नु मात्र उद्देश्य रहेको र बिना कुनै आधारमा गरिएको आलोचनाप्रति डब्लूएचओको ध्यान बिचलित नहुने भन्दै स्पष्ट पारेका छन् । अमेरिका संक्रमणको उच्च जोखिममा समेत रहेको छ । हालै ट्रम्प प्रशासनले डब्लूएचओसंगको सम्बन्ध तोडेको छ । यसप्रति अमेरिकाले विभिन्न आलोचना सहनु परेको थियो । संकटकालकोे अवस्थामा महामारीलाई राजनितिकरण गर्नु लज्जास्पद रहेको उनले बताए । महामारी कुनै वर्ग, समूदाय वा सीमासित जोडनु गलत रहेकोमा यसप्रति आपत्ती जनाएका छन् । कोरोना राजनीतिलाई क्वारेन्टाइनमा राख्न आवश्यक रहेकोमा जोड समेत दिएका छन् । महामारीबीच सम्पूर्ण राष्ट्रहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । अन्त्यमा म दोहोर्याउँछु, आरोपहरु असत्य र बिना आधार रहेको भन्दै उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्