काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाँईले पार्टीको १४औं महाधिवेशन तोकिएकै मितिमा हुने विश्वास दिलाएका छन् । उनले पार्टी नेतृत्व महाधिवेशन समयमै सम्पन्न गर्नेगरि तयारीमा जुटिसकेको बताए । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘विशेष कुराकानी’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले समयमै महाधिवेशन सम्पन्न हुने आधारहरू प्रशस्त रहेको बताए । उनले वर्तमान पार्टी सभापति शेरबहादुर देउवा सफल सभापति नभएको जिकिर गरे । उनले भने,‘सभापतिजीले पार्टीलाई एक ढिक्का बनाउन सक्नुभएन् ।’