एजेन्सी, १० साउन । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको खोप निर्माण तथा वितरण गर्न अन्तर्राष्ट्रिय स्तरमा टेन्डर आव्हान गरेको छ । विश्वका प्रतिष्ठित औषधी र खोप उत्पादक कम्पनिहरुको ध्यान लगत्तै गएको छ ।
पहिलो बोलपत्र दर्ता गर्ने चुमाकोभ फेडरल साइन्टिफिक सेन्टर रिसर्च एण्ड डेवलपमेन्ट इम्यून र जैविक उत्पादन गर्ने रशियन एकेडेमी अफ साइन्स रहेको छ । यस विषयको जानकारी एकेडेमी अफ साइन्सका प्रमुख आयदर इश्मुखामेटोले शनिबार रुसी सञ्चार माध्यम तासलाई गराएका हुन् ।
खोप निर्माण र वितरणमा रुसी एकेडेमी अफ साइन्स अहिलेसम्म एकल संस्थान मात्र रहेको जनाइएको छ । एकेडेमी अफ साइन्स एक मात्रा संस्था हो जस्ले डब्लूएचओको अडिट र मापडण्ड पुरा गर्न सफल भएको जनाइएको छ । एकेडेमी अफ साइन्सले खोप करिब ५० देशमा वितरण गर्ने भएको प्रमुखले बताएका छन् ।
रुसले कोरोनाविरुद्व प्रतिरोधात्मक तयारीको आवश्यकता पूरा गरेपछि मात्र चुमाकोभ सेन्टरले निर्माण गरेको खोप भिरिअनलाई अन्र्राष्ट्रिय बजारमा ल्याउने उनले बताए । उक्त खोप भाइरसको संक्रमणलाई निश्क्रििय पार्न अझ् केही अनुसन्धानको आवश्यकता रहेको उनले बताए । खोपको पूर्ण रुपमा क्लीनीकल परिक्षण भने अगस्त महिनाको सुरुवातमा हुने छ भने परिक्षणको अन्त्य सन् २०२१ को जनवरी माहिनाभित्र समाप्त गर्ने प्रतिबद्वता कम्पनीको रहेको छ ।
इम्मुन र जैविक उत्पादनहरूको अनुसन्धान र विकासको लागि चुमाकोव फेडरल साइन्टिफिक सेन्टर युएसएसआर मेडिकल साइंसेज एकेडेमीको पोलियोमाइलाइटिस र भाइरस एन्सेफलाइटिस संस्थानको आधारमा निर्माण गरिएको थियो। युएसएसआर मेडिकल साइंसेज एकेडेमीका शिक्षाविद् मिखाइल चुमाकोभ संस्थानका संस्थापक र पहिलो निर्देशक थिए । तत्काल उक्त संस्थान विश्वको नाम चलेको रिसर्च सेन्टर मध्ये एक हो । सेन्टरले कोरोना खोपको सम्पूर्ण परिक्षणहरु गरिसकेको समेत जनाइएको छ । कम्पनीले परिक्षण गरेको भिरिअन खोपको नतिजा साकारात्मक, प्रभावकारी र सुरक्षीत रहेको कम्पनीले विश्वास व्यक्त गरेको छ ।-Photo Source: TASS