Logo

आज र भोलि सामान्य बदलीसहित हल्का वर्षाको सम्भावना



काठमाडौँ, १० साउन: जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि भने मौसम सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । प्रदेश नं १ र २ बाहेक अधिकांश प्रदेशका केही स्थानमा अलि बढी वर्षा हुने भए पनि लगातार रुपमा भने वर्षा नहुने मौसमविद् गङ्गा नगरकोटीले बताए । अहिले केही ठाउँमा वर्षा हुने र रोकिने क्रममा जारी छ । न्यूनचापीय रेखा औषत स्थानमै रहेको उनले बताए ।

मुलुकका अधिकांश भेगका ठूला नदीको बहाव सामान्य घटबढ हुने भए पनि सतर्कता तहभन्दा तलै रहने जनाइएको छ । सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र आसपास भई बग्ने केही साना नदीमा भने आकस्मिक रुपमा बहाव बढ्नसक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्