Logo

आज कोरोनाबाट थप एकको मृत्यु, १०६ जना कोरोना परास्त गर्न सफल



काठमाडौँ १० साउन: नेपालमा आज कोरोना भाइरसका १ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १८ हजार ४ सय ८३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।आज १०६ जना कोरोना परास्त गर्न सफल भएका छन् भने कोरोना परास्त गर्ने व्यक्तिको कुल संख्या १३ हजार ५३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

त्यसैगरी नेपालमा थप एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । मृत्यु हुने बारा परवानीपुरकी १७ वर्षीया किशोरी हुन् । उनको ९ साउनमा गण्डक कोभिड अस्पतलमा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।मृतक किशोरी वीरगञ्ज हेल्थ केयरमा ८ साउनमा भर्ना भएकोमा स्वाब संकलन गरिएको थियो । उनको ९ साउनमा कोरोना भाइरस पुष्टि भएको थियो । उनलाई पखाला लाग्ने, जीउ काप्ने र स्वास प्रश्वासमा पनि समस्या आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै नेपाल कुल मृतक संख्या ४५ पुगेको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्