Logo

उत्तर कोरियामा कोरोना प्रवेश गरेकै हो त?



सिओल, साउन ११ । दक्षिण कोरियाबाट उत्तर कोरिया प्रवेश गरेका एकजनामा कोरोना देखिएपछि उत्तर कोरियाली नेता नेता किम जोङ उनले आपतकालीन पोलिटब्युरो बैठक डाकेका छन्।

आशंका गरिएका व्यक्तिमा कोरोना भाइरस पुष्टि हुनभने बाँकि रहेको अन्र्तराष्ट्रिय समाचारसंख्याहरुले उल्लेख गरेका छन् । उत्तर कोरियाली अधिकारीहरुले यसअघि त्यहाँ कोरोना भाइरसको संक्रमण नभएको दावी गर्दै आएका छन्। समाचारमा जनाए अनुसार तीन वर्ष अघि दक्षिण कोरिया प्रवेश गरेका एक व्यक्ति उत्तर कोरिया फर्केका हुन् जसमा कोभिड १९ को शंका छ।

उत्तर कोरियाले ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने उनीसँग सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्