प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले तराई डुबानको समस्या समाधानको लागि आफूले गर्नुपर्ने काम नगरेको तर भारतलाई दोष दिएको टिप्पणी गरेका छन् । आइतबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भनेका छन्,‘रातु नदीको तटबन्ध कसले लगाइदियो ? अरूले लगाइदिने कि आफुले लगाउने ? दिएको पैसा त यहाँ खर्च हुँदैन । बागमती नदीमा भारत र मित्रराष्ट्रले दिएको पैसा पनि उनीहरू खर्च गर्दैनन् । अस्ति म वीरगञ्ज जाँदा त्यो तटबन्ध कसले लगाइदियो ? हामी आफ्नो काम आफँै गरौँ न । बागमतीको तटबन्ध कसले बनाइदियो ? मन्त्रीहरूको टिम बनाएर हामी के गर्न सक्छौँ त्यहाँ गएर पैसा विनियोजन गरेर गईराखेका छौँ । हामी हाम्रोतर्फबाट काम गरिरहेका छौँ । हाम्रो स्रोत र साधनले पुग्छ ? खाली हाम्रो कटौती गर्ने ? हामीलाई थोरै पैसा दिने र धेरै पैसा उहाँहरू सिंहदरबारभित्र राख्ने अनि औला ठड्याइदिने ? भारत, भारत, भारत । यस्तो कही हुन्छ ? आफ्नो जिम्मेवारी बहन नगर्ने ? यो के हो भने दोषबाट पन्छिने बाटो हो ।’
प्रदेश नम्बर २ मा कोरोना समुदायमा फैलियो अरे । के यो सही हो ? लापरबाही कसले ग¥यो ?
यसका २/३ ओटा प्रमुख कारणहरू छन् । समुदायमा हेर्ने हो भने पछिल्लो चरणमा समुदायगत रूपमा अब यस्तै हो भन्ने हिसाबले लापरबाही भएको देखिन्छ ।
संघीय सरकारले पनि सहयोग ग¥यो होला, इक्वीपमेन्टहरू पनि दियो होला ? यत्ति हुँदाहुँदैपनि किन लापरवाही भयो त ?
अहिलेको आवश्यकत्तानुसार जति सामग्री छ, त्यो कमी नै देखिन्छ । बीचमा कहीँ न कहीँ को–अर्डिनेशन, को–अपरेशन हुनुपथ्र्यो, त्यो कतै कमी त रहेको छ । आफुले सकेको एकदमै गम्भीरताका साथ जिम्मेवारी बहन गर्ने काम भएको छ । अहिले जुन अवस्था देखिरहेको छ, प्रदेश सरकारको, अहिलेको कोरोनाको जोखिममा पनि यहाँको चिकित्सक, प्रशासनले खेलेको भूमिका नै सराहनीय छ । त्यसैले त्यसलाई नियन्त्रण गर्न सकेका थियौँ । तथापि हामीले अहिलेपनि नियन्त्रणमा राख्न सकेका छौँ ।
धेरै समस्या छ, प्रदेश नम्बर २ का जनताले मलाई भन्छन् । डुबानको समस्या छ, पछिल्लो समयमा । फेरि पनि अर्को महामारी आइरहेको छ । तपाईहरु के गरेर बस्नुभएको छ ? तयारी के छ भन्नुहोस त ?
महामारी, डुबान भनेको प्रदेश सरकारले ल्याएको कुरा त होइन । डुबान जुन घटना छ, चुरेको अनियन्त्रित दोहन हुँदै आएको छ, तटबन्धको लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने हो । लालबकैया, बागमती, रातु, कमला यो विभन्न किसिमका प्रमुख नदीहरूमा तटबन्ध बनाएर जानुपर्ने हो, त्यसको लागि मलाई लाग्दैन कुनै गुरुयोजना छ । बाढी आउँछ, अलिअलि टालटुल गरिदिने जुन पहिलेदेखिको शैली छ, वास्तवमा यो नै दोष छ ।
भारतले गर्दाखेरि प्रदेश नम्बर २ मा बढी डुबान हुन्छ भनेर गृहमन्त्री रामबहादुर थापा (बादल) ले भन्नुभएको छ नि ? यो सही हो ?
रातु नदीको तटबन्ध कसले लगाइदियो ? अरूले लगाइदिने कि आफुले लगाउने ? दिएको पैसा त यहाँ खर्च हुँदैन । बागमती नदीमा भारत र मित्रराष्ट्रले दिएको पैसा पनि उनीहरू खर्च गर्दैनन् । अस्ति म वीरगञ्ज जाँदा त्यो तटबन्ध कसले लगाइदियो ? हामी आफ्नो काम आफँै गरौँ न । बागमतीको तटबन्ध कसले बनाइदियो ? मन्त्रीहरूको टिम बनाएर हामी के गर्न सक्छौँ त्यहाँ गएर पैसा विनियोजन गरेर गईराखेका छौँ । हामी हाम्रोतर्फबाट गरिरहेका छौँ । हाम्रो स्रोत र साधनले पुग्छ ? खाली हाम्रो कटौती गर्ने ? हामीलाई थोरै पैसा दिने र धेरै पैसा उहाँहरू सिंहदरबारभित्र राख्ने अनि औला ठड्याइदिने ? भारत, भारत, भारत । यस्तो कही हुन्छ ? आफ्नो जिम्मेवारी बहन नगर्ने ? यो के हो भने दोषबाट पन्छिने बाटो हो ।
नदी बढिसकेपछि त भारतले ढोका खोलिदिनु पर्दैन ?
म त भन्छु हामी हाम्रो तटबन्ध निर्माण गरौँ न । जुन किसिमका डुबान, कटान भएका छन्, हामी गुरुयोजना बनाएर जाऔँ न । पोहोर साल हामी प्रधानमन्त्री, सिंचाइमन्त्रीसँग गएर प्रदेश सरकारको सर्वदलीय टोली नै गएर भेट्यौँ । उनीहरूले माखो पनि मार्न सकेका छैनन् । खाली भाषण मात्र दिन्छन्, काठमााडौँमा बसेर अनि भारतले यो ड्याम बनाइदियो त्यो ड्याम बनाइदियो, आफु काम गर्नुछैन ।
भारतले ड्याम बनाइदियो, त्यसकारणले डुबान भयो, प्रदेश नम्बर २ मा ? त्यस्तै अवस्था छ कोशीको ?
तपार्इँ गएर रौतहटका जनतालाई सोध्नुस् । ठुला नदीहरू रातु, कमला, बागमती संघीय सरकारले आफ्नै जिम्मामा राखेको छ । शक्ति जति जम्मै संघीय सरकारभित्र छ । हाम्रो सीमित स्रोत÷साधनले भ्याउँछ र ? एउटा कुनामा हामी आएको बेलामा टालटुलबाहेक के गर्न सक्छौँ र ? त्यसको मास्टरप्लान बनाउनुपर्छ । संघीय सरकारको कन्ट्रिव्युशन के हुनसक्छ ? विदेशी अनुदान त्यही राख्ने, विदेशबाट आएको पैसा त्यही राख्ने अनि फलाक्ने भारतले गेट बनाइदियो, गफ दिने ।
प्रदेश सरकारको अधिकार होइन त्यो कुरा, दायित्व, जिम्मेवारी होइन ? तपाईले गर्नुपर्दैन ?
हामी मन्त्रीजीहरूको टिम बनाएर टोली खटाएर हामीसँग भएको रकमबाट हामीले राहत पु¥याइरहेकै छौँ त । स्थायी रूपले समस्या समाधान गर्नुछ भने मास्टरप्लान नबनाईकन हुन्छ र ? हामी बालुवा, गिट्टीको नियन्त्रण गरौँ न । यहाँ बालुवा, गिट्टी भनेको तस्करी गर्ने ठाउँ बनाइदिएको छ । यो धन्दाले चुरे बच्छ र ?
बालुवा र गिट्टीको व्यापार हुन्छ, तस्कर हुन्छ त्यहाँ ?
पुलिस प्रशासन हामीसँग नभएर खासमा हामीले चाहेकोजस्तो प्रगति गर्न सकेका छैनौँ । यो समस्या हो ।
विचौलियाहरू छन् । बालुवा र गिट्टीको बिक्रीमा कमिशन खानेहरू छन् नि त त्यहाँ त धेरै ? पैसा कमाउनेहरू छन् नि ? चुरे बचाउ अभियान
कहाँ पुग्यो ? चुरेमा समस्या छ । जनता रोइरहेका छन् । के भन्नुहुन्छ ?
यो मुलुककै जनता रोइरहेका छन् । जनताले आशा गरेर बनाएको बहुमतको सरकारको जुन किसिमको गतिविधि छ, जनताको त्यसमा असन्तुष्टि छ । हामीसँग भएको स्रोत/साधनले जे गर्न सकेका छौँ, जनताको चाहनानुसार, हामी अगाडि बढिरहेका छौँ । जनताका घर–घरमा गएर मैले राहतका स्रोत÷साधनहरू पु¥याएका छौँ । अहिले पनि जहाँ हामी खटेका छौँ, त्यहाँ हामीले पु¥याएका छौँ ।
बालुवा, गिट्टीको तस्कर गर्नेहरूलाई तपाईले पनि संरक्षण गर्नुभएको छ नि त ?
पुलिस प्रशासन अहिलेपनि त हुकुमी शासन काठमाडौँबाट छोडिएका छन् ।
रोनाको संक्रमणको संख्या प्रदेश नम्बर २ मा बढ्न थाल्यो । त्यसलाई रोकथाम गर्नका लागि तपाईलाई चाहिने कुरा के–के हो त ?
अहिलेको हाम्रो च्यालेन्जको विषय भनेको समुदायस्तरमा कोरोना देखिन थालेको छ । यसबाट बच्नका लागि आइसोलेशन, सोसियल डिस्ट्यान्सका कुराहरू छन् । जुन किसिमको बोर्डरमा लापरबाहीहरू देखियो, त्यहाँ अलिकति सशक्त बनाएर जानुपर्ने हो । अहिले पारीबाट आउनेहरू बोर्डरबाट क्रस गर्छन्, बोर्डरमा क्रसको जिम्मा लिनेहरू, त्यहाँ त यस्तो आरोप लगाइयो कि त्यहाँको बल त मानव तस्करी हो रे । मलाई आएर जानकारी दिए । भारतबाट आउने लेबरहरू क्रस गराउने र पर व्यक्ति ३००० देखि ५००० लिने भनेर मकहाँ रिपोर्ट नै आयो । अब यस्ता÷यस्ता काम गर्छ भने सुरक्षा निकायले त्यसलाई कारबाही गर्ने कि नगर्ने ?