Logo

अमेरिकी राजदूतले भेटे उपप्रधानमन्त्री पोखरेललाई, एमसीसीबारे चासो



काठमाडौं, ११ साउन । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु. बेरीले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेका छन् । उक्त भेटमा राजदूत बेरीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को बारेमा चासो राखेका थिए ।

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट एमसिसी सहयोग माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको रक्षामन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले जनाएका छन् । जवाफमा उपप्रधानमन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले एमसीसी अनुमोदन गर्न ढिला भएको बताएका थिए । तस्विर : लोकेन्द्र केसी



प्रतिक्रिया दिनुहोस्