Logo

बलात्कार गर्नेहरु धमाधम पक्राउ



काठमाडौं, ११ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं धुम्बाराही बस्ने कैलाली घर भएका प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई गत असार १३ गते दिउँसो जबरजस्ती करणी गरेका कार्कीलाई प्रहरीले ललितपुर एकान्तकुनाबाट पक्राउ गरेको जनाएको छ । यस्तै रोल्पा ५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा खेवासको शेर बहादुर पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेका पुनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी रुकुम (पूर्व)मा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका स्यालापाखाका देविलाल परियार शनिबार दिउँसोे पक्राउ परेका छन् ।

महिलालाई जबरजस्ती करणी गरेका परियारलाई अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । खयस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्