Logo

जुवाडे पक्राउ



काठमाडौं, ११ साउन । जुवातास खेलिरहेको अवस्थामा ८ जना नगदसहित पक्राउ परेका छन् । गोकर्णेश्वर नयाँबस्तीका शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका ८ जनालाई ६ बुक तास र नगद १ लाख १९ हजार ४ सय रुपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्