Logo

लुडोमा बाजी खेल्नुहुन्छ भने होशियार पक्राउ पर्नुहोला



काठमाडौ, ११ साउन । लुडोमा बाजी खेलेमा प्रहरीले पक्राऊ गर्न सक्छ । सामान्य रुपमा मानिसहरुको समय कटाउने माध्यम लुडो खेल्दा ७ जना पक्राउ परेका छन् । प्रहरीले नगदै राखेर खेलेको थाहा पाए लगत्तै ७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हारजित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउने समेत गरी ७ जनालाई १ थान वोर्ड र नगद ८७ हजार ५० रुपैयाँ सहित शनिबार पक्राउ गरेको छ ।

राजकुमारले पैसा लिएर नै लुडो खेलाउने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्