Logo

अमिताभको प्रश्न–मानसिक स्वास्थ्यमा कस्तो असर पर्ला ?



एजेन्सी, ११ साउन । बलिउड सुपर स्टार अमिताभ बच्चन कोविड–१९ संक्रमित भएकोले २ हप्तादेखि अस्पतालमा उपचार चलिरहेको छ र आइशोलेसनमा बसेका छन् । २ हप्तासम्म आइशोलेशनमा एक्लै बस्दा सुपरस्टार अमिताभले मानसिक स्थितिमा परेको असर र भोगाइको बारेमा अनुभव एक ब्लग मार्फत सेयर गरेका छन् ।

उनले लेखेका छन, ‘कोविडले मानिसहरुको मानसिक स्वास्थ्यमा धेरै असर पाछ ।’ उनी हाल अस्पतालको आइशोलेशनमो छन् र केहि हप्तासम्म कसैलाई पनि भेट्न दिइएन । उनले आफुलाई जाँच्ने डाक्टर पनि नजिक नआएको र भिडीयो च्याटबाट कुरा गरेको बताएका छन् । यदि कोही आएमा पिपिइ लगाएर आउने र त्यहि पनि कयौ दिन त मानिसहरु कसैलाई आउन नदिएको पनि पिडा पोखेका छन् । हाल उनले यो सबै गर्नु धेरै आवश्यक भएको समेत उल्लेख गरेका छन् ।

अमिताभले आफ्नो अनुभव सेयर गर्दै भनेका छन्, रिमोटबाट उपचार भएको, जहाँ डाक्टर धेरै कम परिस्थितीमा मात्र नजिक आएका थिए । सुपरस्टारले यसको असर मानसिक स्थितीमा पर्ने भन्दै साइकोलोजीस्टले पनि यस कुरामा सहमत भएको जनाएका छन् । अमिताभले उपचारपछि बाहिर निस्कदा मानसिक स्थिती फरक हुने, मानिसहरुबीचमा जाँदा डराउने र कसैले त फरक व्यवहार गर्ने पनि लेखेका छन् ।

अमिताभ बच्चन ११ जुलाईमा अस्पताल भर्ना भएका हुन् र अहिले सम्म पनि अस्पतालमै छन् । अहिले उनको साथमा अभिषेक बच्चन, ऐश्वर्या र आराध्या पनि अस्पतालमै छन् ।



प्रतिक्रिया दिनुहोस्