Logo

सुशान्त डिप्रेशनको कारण केही समय अस्पतालमा भर्ना भएको खुलासा



एजेन्सी, ११ साउन । बलिउड कलाकार सुशान्त सिंहको आत्महत्या केसलाई लिएर उनको बारेमा धेरै कुरा बाहिर आएका छन् । प्रहरीले गरेको अनुसन्धानबाट सुशान्तको निजी कुरा तर गोप्य राखिएका कुरा बाहिर आएको छ । जुन कुरा आज भन्दा पहिले कसैलाई थाहा थिएन् ।

आज लेखक तथा निर्देशक रुमी जाफरीले आफ्नो साथी सुशान्तको डिप्रेशनलाई लिएर केही यथार्थ खुलाएका छन् । उनले सुशान्त केहि समय डिप्रेशनको कारण अस्पताल भर्ना भएका थिए । साथमा उनीसँग सुशान्तले उनीसँग डिप्रेशनको बारेमा कुरा पनि गरेका थिए ।

वलिउड हंगामाको रिर्पोट अनुसार रुमीले ‘२०१९ को कुरा हो, यो भन्दा पहिले रिया चक्रवर्तीलाई सुशान्तले डिप्रेशनमा भएको बारेमा बताउन फोन गरेका थिए । मलाई थाहा थिएन कि त्यो कुराको यस्तो नतिजा आउछ भनेर । तर नंवरममा म सुशान्तसँग गएको थिए । त्यहाँ गर्म जोशीलाई भेटेका थिए । जसलाई उनले सधै भेट्ने गर्थे ।’

लेखकले भनेका छन्, ‘उसले मलाई अंगालो हालेपछि मलाई सुशान्त डिप्रेशनमा लडिरहेको छ र उस्लाई डिप्रेशनमा के गर्नुपर्छ थाहै थिएन् । मैले सुशान्तलाई भने सुशान्त तिमी त स्टार हो । डिप्रेशन किन ? ’ उनले सुशान्तको डिप्रेशनको उपचार राम्रोसँग नभएको दाबी गर्दै भनेका छन्, ‘एक त सुशान्त उमेरमा पनि सानो थियो । अर्को कुरा एक स्टार थियो ।’

डिप्रेशन भएपछि हिन्दुजा अस्पतालमा जाँच गराएका थिए । तर मिडीयालाई डेगुं रोग लागेकोले भर्ना भएको बताइएको थियो । तर वस्तवमा सुशान्तको डिप्रेशनको उपचार चलिरहेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्