काठमाडौं, ११ साउन । प्रतिनिधिसभाअन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिले चितवनको कुसुमखोलास्थित् चेपाङ बस्तिमा भएको घटनाको बारेमा मन्त्रीलाई बोलाएर जानकारी लिएको छ । आइतबार बसेको समितिको बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत बोलाईएको थियो । मन्त्री बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तिमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको स्पष्ट पारेका थिए ।
उनले चेपाङ बस्तिमा आगो लागाइएको र सेनाद्धारा कुटपिट भई मृत्यु भएको समाचारहरु बाहिर आएको भन्दै सबै कुरा सत्य नभएको दाबी गरेका थिए । उनले नेपाली सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा भने छानविन भइरहेको जानकारी गराएका थिए ।
ैनेकपाका प्रमुख सचेतकसमेत रहेका समिति सदस्य देवप्रसाद गुरुङले कुसुमखोला घटना मानवअधिकार विरुद्धको भएको उल्लेख गर्दै निकुन्जको संरक्षण गर्ने जिम्मेवारी निकुन्ज प्रशासनको भएपनि कारबाही गर्ने तरिका उचित नभएको धारणा राखेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका समिति सदस्य बालकृष्ण खाँणले उक्त घटनाको विरोध गरेका थिए । उनले उक्त घट्नालाई राज्यबाट नागरिकमाथि प्रहार भएको घटनाको रुपमा लिनुपर्ने टिप्पणी गरेका थिए ।
तस्वीर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम