Logo

पाँच वटा सोमबार परेको साउन महिना यसकारण झनै विशेष



काठमाडौं, साउन १२ । आराध्य देव पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि विगत चार महिनादेखि बन्द छ । कोरोनाका कारण मन्दिर बन्द हुँदा साउनको दोस्रो सोमबार पनि भक्तजन मन्दिरको ढोका बाहिरबाटै दर्शन गरिरहेका छन्। सरकारले धेरै भीड हुने कार्यालयमा लकडाउन जारी राखेकाले यसपटक पशुपतीक्षेत्रमा साउने सोमबारी मनाउने तथा बोलबमका लागि आउने श्रृद्धालु आउन सकेका छैनन ।

साउनको पहिलो सोमबारमा समेत हजारौं भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरे तर मूल मन्दिरको गेट भने खुलाइएन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot