Logo

७०५ भन्दा बढी कोरोना सङ्क्रमित निको भएर घर फर्किए



काठमाडौंँ, १२ साउन। पछिल्लो २४ घण्टामा १०६ जना कोरोना भाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । देशका विभिन्न आइसोलेसन केन्द्रबाट १०६ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै हालसम्म १३ हजार ५३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना मुक्त हुने दर ७०।६ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। गौतमले शनिबार थप १०९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १०९ जनालाई कोरोना सङ्क्रमण देखिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्