Logo

अमेरिकी सहयोग निरन्तरः एमसीसी अनुमोदनमा चासो



काठमाडौं, १२ साउन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ। आइतबार दिउँसो मन्त्री पोखरेलसँग भेटवार्ताका लागि अमेरिकी राजदूत बेरी रक्षा मन्त्रालयमा पुगेका हुन्।

भेटमा अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अनुमोदनको विषयमा राजदूत बेरीले चासो राखेका छन्। मन्त्रालय स्रोतका अनुसार अमेरिकाले लामो समयदेखि गर्दै आएको सहयो जारी रहने बताउँदै राजदूत बेरीले यस्तो चासो राखेका हुन्।

‘कठिन परिस्थितिका बाबजुद नेपाललाई सहयोग गर्न अमेरिका सदैव तत्पर रहेको छ’, उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अमेरिकाले नेपाललाई विगत ७० वर्षदेखि आर्थिक सामाजिक हित हुने गरी विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तर जारी राखिने छ।’

रक्षामन्त्री पोखरेलको निजी सचिवालयले विज्ञप्ति सार्वजनिक गर्दै भेटमा कोभिड–१९संक्रमणको रोकथाम¸ नियन्त्रण र उपचारका लागि भएका प्रयासका साथै द्विपक्षीय हित र सरोकारका विभिन्न विषयमा छलफल भएको उल्लेख गरेको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्